Hindi Films

साउदी अरवमा एक सय बढी नेपाली बन्धक, काम गरेको पैसा माग्दा खान समेत नदिएको गुनासो

Unknown | 08:51 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
। बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव पुगेका एक सय वढी नेपालीलाई काम गर्ने कम्पनीले वन्धक वनाएको छ । काम गरेको पैसा माग्दा रियाद शहरमा रहेको समास्को कम्पनी नेपालीहरुलाई चारदिन यतावाट वन्धक वनाएको हो । बिभिन्न मेनपावर कम्पनी मार्फत साउदी अरब पुगेका एक सय बढी उनिहरुलाई खान समेत नदिएको झाफा शनिश्चरेका रविन न्यौपानेले जानकारी दिए । कम्पनीले उनीहरुको साउदीको अस्थायी पास समेत खोसेपछि बाहिर निस्कन समेत नपाएको उनले टेलिफेानमा बताए । वन्धक वनाइएका नेपालीहरुलाई कम्पनीले राम्रो सँग खाना समेत उपलब्ध नगराएको स्याङ्जा पञ्चमुल ६ का अर्का पीडित गौतम बिकले टेलिफोनमा जानकारी दिए । पीडित नेपालीहरुले साउदीस्थित नेपाली दूतावासले समेत कुनै पहल नगरेको गुनासो गरेका छन् । नेपालबाट जुपिटर मेनपावर, जेपिआर ओभरसिज लगायतका मेनपावरबाट उनीहरु साउदी पुगेका थिए । कम्पनीवाटै वन्धक वनाइएका स्याङ्जाका धनबहादुर सुनारले आफूहरुलाई तत््काल उद्धारका लागि सहयोग गर्न नेपाल सरकारसँग माग समेत गरेका छन् । - See more at: http://www.onlinekhabar.com/2014/05/201272/#sthash.KNythWbP.dpuf
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments