Hindi Films

बाबुले छोरी नस्वीकार्दा दुई वर्षदेखि न्याय खोज्दै ; माइती फर्केकी छोरीलाई अंश दिनु : अदालत

Unknown | 05:26 | 0 comments

भदौ-२०,दैलेख । बाबुले छोरी नस्वीकार्दा दुई वर्षदेख तानावमा रहेकी यहाँकी एक युवतीले न्याय पाएकी छिन् । नावालिग उमेरमा बिहे गरी सम्बन्ध विच्छेदपछि माइतीमै फर्केकी बङलम्जी ४ की सरिता अधिकारीलाई अंश दिलाइ अभिभावकिय संरक्षकत्व प्रदान गर्न जिल्ला अदालतले फैसला सुनाएको हो । जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले ससरितालाई राजारामकै छोरी ठहर गर्नुका साथै बालपववाहको वैधानिक अस्तित्वसमेत नरहेकाले अंश दिलाउन भनेको हो । अव सरिताले १ लाख ३ हजार९ सय ७५ पैसा बराबरको अंश पाउनेछिन् । सरिताले १३ वर्षको उमेरमा कट्टीका नन्दाराम जैसीसँग बिहे र ०६८ पुस ६ गते अंश नलिने गरी सम्बन्ध विच्छेद गरेकी थिईन । - कान्तिपुर

Category:

0 comments