Home �
News
� एसएलसी पूरक परीक्षामा ६५.२१ प्रतिशत पास
Unknown |
05:20 |
0
comments
काठमाडौं: यस वर्षको प्रवेसिका (एसएलसी) को पुरक परीक्षामा ६५ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालयले आईतबार नतिजा सार्वजनिक गरेको हो।
नतिजा अनुसार परीक्षामा १ लाख २० हजार ३ सय १७ जना सहभागी भएकोमा ७८ हजार ४ सय ५३ जना उत्तिर्ण भएको परीक्षा नियन्त्रक विष्णु वहादुर द्वारेले बताए।
उनका अनुसार परक्षिामा सहभागी ६५ हजार ३ सय ७८ जना छात्रामध्ये ४१ हजार ६ सय २२ जना उत्तिर्ण भएका छन्। त्यस्तै छात्रतर्फ ५४ हजार ९ सय ३९ जना सहभागी भएकोमा ३६ हजार ८ सय ३१ उत्तिर्ण भएका छन्।
नतिजा अनुसार प्रथम श्रेणाीमा दुइ हजार एक जना, दोस्रो श्रेणीमा ५९ हजार ८६ जना र तृतिय श्रेणीमा १७ हजार ३ सय ६६ जना उत्तिर्ण भएका छन्। २ सय ४४ जनाको परक्षिा स्थगित गरिएको तथा ४८ जनाको रद्द गरिएको परीक्षा नियन्त्रक द्वारेले बताए।
Category:
News
0 comments